३० असार २०८२, सोमबार | July 14, 2025

एमाले निकट उम्मेदवारहरुलाई हराउँदै कान्ति माबिमा विपक्षी गठबन्धन बिजयी



बुटवल । राजनीतिक दलहरुको असमझदारीको शिकार बन्दै आएको कान्ति माद्ययामिक बिद्यालय, बुटवल व्यवस्थापन समितिले अन्ततः नयाँ नेतृत्व पाएको छ । मुख्य राजनीतिक दलहरुबीच भागबन्डा नमिलेका कारण १ वर्ष बढी रिक्त रहेको व्यवस्थापन समितिले गयराति मात्र नयाँ नेतृत्व पाएको हो ।

कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार मध्यराती निर्वाचन सम्पन्न भएको छ । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि दलहरुबीच भागवण्डा नमिलेपछि १ वर्ष धिलागारी निर्वाचनद्वारा समिति चयन गरिएको हो ।

३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।

प्राप्त परिणम अनुसार ५१४ मत प्राप्त गर्दै खुल्ला तर्फ बिपक्षि गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी भएका छन् । त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनमा पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् ।

खुल्ला तर्फ शिवप्रसाद आचार्यले ३५५ र हुमनाथ पाण्डेले ३४५ प्राप्त गरेका छन् । महिला तर्फ राधीका पन्थीले ३८३ र गिता अर्याल पन्तले २४६ मत पाएका छन् ।

कान्ति माविको विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा एमालेका उम्मेद्वारहरु एक्लै चुनावी मैदानमा थिए भने नेपाली कांग्रेस, रास्वपा, नेकपा माओवादी केन्द्र, नेकपा बिप्लब ,नेकपा एकीकृत समाजवादीलगायतका दलहरु गठबन्धन बनाएर चुनाव लडेका थिए ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : २९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

नेपालगन्ज । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको

३५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा