नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा सुरक्षा कार्यक्रम बन्द भएका कारण भेरी अस्पतालमा प्रसूतिका बिरामीको चाप बढेको विषयलाई गम्भीरताका साथ लिएको बताएकी छन् । भेरी अस्पताल नेपालगन्जको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा शर्माले शय्या अभाव भएर बिरामीलाई उपचार दिन समस्या भएको चिकित्सकहरुको गुनासोपछि अस्पतालमा शयया वृद्धि गर्नुपर्ने विषयमा कुनै…