काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न थालिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ मा रहेको जनकधाममा उत्पादित दूध, दही, घ्यू, गहुँत, गोबरसहितका पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु बनाउन थालिएको हो । त्यहाँ उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउने उद्देश्यसहित मुख्य बिक्री केन्द्र जनकधाम र काठमाडौँको बुद्धनगरबाट बिक्रीवितरणसमेत गर्न थालिएको…