१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकु काठमाण्डौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “हामीले लामो समयदेखि गरिरहेको प्रयास सफल भएको छ, यसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ…