१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

धार्मिक अनुष्ठानबाट प्रारम्भ भएको खजुरा क्यान्सर अस्पतालले रफ्तार लिँदै

खजुरा । सूरुमा प्रसुति अस्पतालबाट परिकल्पनाबाट अभियान थालेर अन्तमा क्यान्सर अस्पतालकारुपमा सञ्चालन भएको अस्पताल हो खजुराको वर्तमान सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल । २०५२/५३ तिर खजुरामा धार्मिक प्रचारका उद्देश्यले आउने गरेका नवलपरासीका धर्मगुरु सन्त दीनदयाललाई खजुराबासीले शंखघण्ट बजाएर मात्र धर्म नहुने भन्दै धार्मिक अस्पताल बनाउने अभियान थाल्न सल्लाह दिएपछि खजुरामा अस्पतालको परिकल्पना भएको थियो ।…