चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले शुक्रबार बिहान चितवनमा आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क। प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका हुन् । प्रचण्डले राजनीतिक परिवर्तन भए…