३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भारतको सहयोगमा दाङको तुलसीपुरमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन बन्दै

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलन्यास भएको छ । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको आज तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरेका छन् । यस अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।…