बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको कालिकोट जिल्लाको सीमाक्षेत्रमा फैलिएको बडीमालिका क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण गन्तव्यको रूपमा परिचित छ । समुद्री सतहदेखि करिब ४,२६० मिटर उचाइमा अवस्थित यो पवित्र स्थल हिमाल, हरियाली फाँट र मनमोहक दृश्यले भरिपूर्ण छ, जसले आन्तरिक तथा बाह्य पर्यटक दुवैलाई आकर्षित गर्दै आएको छ ।…