७ पुस २०८२, सोमबार | December 22, 2025

भीड व्यवस्थापन सुधार गर्न सङ्घीय अस्पतालको प्रगति विवरण सार्वजनिक

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन् । अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्। बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले…