६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पाथीभरामा हेलिकाेप्टरमार्फत दर्शन गर्न आउने तीर्थयात्रीको संख्या बढ्दो

ताप्लेजुङ । माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकाेप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयत्रीकाे संख्या बढेकाे छ । धरानको भेडेटारबाट दसैंयता ७० उडान (फ्लाइट) भएको छ । जसमा चार सय ५० जना तीर्थयात्री…