बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि १ हजार जनाले एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) सेवा लिएका छन् । अस्पतालले ०७३ चैत २३ गते क्याथ ल्यावको अनुमती पाएको थियो । ०७४ बैशाख १३ गते सुनवलका रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी गरेर सेवा सुरु गरेकोमा ०८० असार २० गते समरीमाई गाउंपालिकाका तोरी…