काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको हो । मनास्लु हिमालको सफल आरोहण गर्नेमा फुन्जो जाङ्मु लामा, दिकी ल्हामु लामा, पूर्णिमा श्रेष्ठ, पूर्णबहादुर गुरुङ, युक्त गुरुङ, हरिबहादुर…