नेपालगन्ज । बांकेमा आजदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय खोप अन्तर्गत बाँकेमा २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई खोप दिइएको छ । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा ३५ हजार ६ सय ६ बालबालिकालाई लक्षित गर्दै खोप अभियान सुरु गरिएकोमा आज ८ हजार ७३ जनाले खोप लगाएका छन्…