९ पुस २०८२, बुधबार | December 24, 2025

भरतपुर अस्पताल बहिरङ्ग सेवा : डाक्टर भेट्न चारदिन

चितवन । भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहेका छन् । आज बहिरङ्ग विभागमा भेटिएका उनले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गरे । “लाइन बसेर टिकट काटेर डाक्टर भेट्नै चार दिन लाग्यो”, उनले गुनासो गर्दै भने, “सिस्टम भएन, कर्मचारी थोरै भए सुधार गरेर लैजानुपर्छ ।”…