काठमाडौं । काठमाडौं महानगरपालिकाले बिभिन्न बिद्यालयहरुमा बिद्यार्थी संगठनले लगाएको ताला तोडेर पठनपाठन सुचारु गराएको छ । बिद्यार्थी संगठनले बिभिन्न माग राख्दै बिद्यालयमा लगाइएको ताला महानगरका प्रहरीले तोडेर पठनपाठन सुचारु गराइएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले जनाएका छन् । उनले सामाजिक सञ्जालमा ताला फोड्दै गरेको एउटा भिडियो पोष्ट गर्दै महानगरको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन्…