२५ मंसिर २०८०, सोमबार | December 11, 2023

भारतीय पर्यटकलाई २५ हजार भन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित



भैरहवा। स्थलमार्ग भई नेपालतर्फ आउने पर्यटक र भारतीय गाडीलाई सुरक्षाकर्मीहरुले चेकजाँचको नाममा दुःख दिने गरेको व्यवसायीहरुले गुनासो गरेका छन ।

उनीहरु ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४(५ ठाँउको चेकिङ पास गरेर मात्रै भैरहवा छोड्ने गरे पछि उनीहरू हैरान भएका हुन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको दशौं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन कार्यक्रममा बोल्दै पर्यटन सम्बद्ध अधिकांस व्यवसायीको माग नै अन्य पर्यटक जस्तै भारतिय पर्यटकलाई व्यवहार गर्नु पर्ने बताए । सिमाबाट प्रवेश गर्नासाथ इलाका प्रहरी कार्यालय, भन्सारमा खटिएको कर्मचारी र सुरक्षाकर्मी, बाइपास, डण्डामाम सशस्त्र र ट्राफिक प्रहरी कार्यालय अगाडीको चेक पोस्टमा भारतिय गाडीलाई रोकेर मात्रै भैरहवाबाट बाहिरिन दिइएको छ । यी त नियमित चेकजाँच हुन, यसका साथै यो ५ किलोमिटरको दुरीमा अस्थायी चेकजाँचको टोलीले पनि गाडी रोक्ने गरेको उनीहरुको भनाई छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले नेपालमा आउने भारतीय पर्यटकले बढी खर्च गर्ने भए पनि सीमित रकम मात्र ल्याउन पाउने प्रावधानले पर्यटन क्षेत्रमा असर पुगेको बताए । चेकजाँचको नाममा पाइला पिच्छे दुख दिनु र भारु २५ हजार रुपैयाँ भन्दा बढी ल्याउन नदिदाँ अहिलेको यस क्षेत्रको पर्यटनको मुख्य आधार भारतीय पर्यटकको आउने क्रममा कमी भएको छ ।

कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले प्रहरी प्रशासन र होटल व्यवसायी बीच मित्रवत सम्बन्ध भए मात्र पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए । अध्यक्ष चुकेले समय सापेक्ष व्यवसायीहरु पनि व्यवसायिक हुनुपर्ने, होटल व्यवसायीहरुका समस्या समाधानमा सरकारले प्राथमिकता दिनुपर्ने र पर्यटनको पहिलो आधार होटल व्यवसायलाई सबै पक्षबाट संरक्षण गरिनु पर्ने बताए । होटलमा कार्यरत कर्मचारीलाई सरकारले तालिम दिनुपर्ने यसमा स्थानीय सरकारको पनि दायित्व छ । सरकारी भन्दा कयौँ गुण बढि निजी क्षेत्रको लगानी हुदाँ पनि सरकार गम्भिर नभएकोले पर्यटन व्यवसायमा चुनौतीहरु थपिएको उनले बताए ।

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले ‘भारतीय पर्यटकले नेपालमा आएर धेरै खर्च गर्ने भए पनि २५ हजार भारु मात्र बोकेर आउन पाउने नियमले उनीहरुले खर्च गर्न सकेका छैनन् । सीमा नाकामा भारतीय पर्यटकलाई सहजीकरण गर्नुको साटो दुःख दिनु गलत रहेको बताए । उनले राज्यको गलत नीतिका कारण होटल व्यवसाय धरापमा परेको बताउदै राज्यले पर्यटन व्यवसायका लागि ठोस कदम चाल्न नसक्दा कोरोना पछि अधिकांश होटलहरु बन्द भई कयौं मजदुरको रोजगारी खोसिएको बताए । अहिले विविध ति कारण नेपाली व्यवसायीहरु विदेश पलायन हुन बाध्यात्मक अवस्था आएको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धभुमिमा बसेर अनैतिक काम गर्ने छुट कसैलाई नहुने् भन्दै मर्यादित व्यवसायको पक्षमा सबै एकमत हुनुपर्ने धारणा राखे । उनले होटल तथा रेष्टुरेण्ट व्यवसायका नाममा बाल श्रमलाई प्रोत्साहन तथा अवाञ्चित क्रियाकलाप गर्न नहुने बताए । उनले जायज कुराका लागि हातेमालो गर्ने बताए । उनले भने, ढुक्कका साथ शान्ति सुरक्षाकासाथ व्यवसाय सञ्चालन गर्नुहोस् । कानुनभित्र रहेर व्यवसाय गर्ने व्यवसायीको पक्षमा प्रशासन सधै साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे । आफ्नो व्यवसाय संचालन गर्ने कुनै पनि व्यवसायीले सामाजिक जिम्मेवारीलाई पनि विर्सिन नहुने प्रजिअ अर्यालले बताए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नीजि क्षेत्रका सवालमा सरकारी पक्ष गम्भिर बन्न नसक्दा अहिलेको अवस्था आएको बताए । गोरो छाला भएकालाई मात्र पर्यटक मान्नु गलत भएको बताए । उनले सबैभन्दा बढी खर्च गर्ने पर्यटक भनेकै भारतीय पर्यटक रहेको तर धेरै ठाउँमा चेकजाँचले पर्यटकले सास्ती खेप्नुपरेको बताए । सिद्धार्थनगरमा रात्रीकालिन बजारको अवधारणा गरिएपनि प्रशासनको असहयोगका कारण अगाडि बढ्न नसकेको उनको गुनासो थियो ।

लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले पर्यटक आएपछि पहिलो गन्तव्य होटल भएको बताइन् । उनले व्यवसायलाई मर्यादित बनाउन होटल व्यवसायीले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ३ : ५३ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका