काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै रङ्गहरूको पर्व होली औपचारिक रूपमा सुरु भएको छ । परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । सोही परम्परा अनुसार मंगलबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याउँदै होलीको…