नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा क्यान्सर अस्पताल) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल(भरतपुर क्यान्सर अस्पताल) बीच संस्थागत सहकार्य गर्ने सम्झौता भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामलिाई क्यान्सर उपचार सेवा दिँदै आएको खजुरा क्यान्सर अस्पतालको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले दुई क्यान्सर…