बुटवल । पोखराका पर्यटन व्यवसायीहरु पर्यटक बोलाउन बुटवल पुगेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको दुई दशक देखिको अभियान ‘जाउ है पोखरा’ लाई निरन्तरता दिँदै व्यवसायीहरु पर्टटक बोलाउन बुटवल पुगेका हुन् । ‘जाउ है पोखरा’ अभियानको टोलीले सोमबार बुटवल पुगेर सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कोभिड १९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र…