२० बैशाख २०८१, बिहिबार | May 2, 2024

७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको कृषि मन्त्री भुसालको दाबी



काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।

“मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ”, उनले भने, “आवश्यक मलको ७५ प्रतिशत बढीको टेण्डर भइसकेको छ, केही आउने क्रममा छ । यो हाम्रो हातमा मात्रै छैन, विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ ।”

आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले आफूले सांसदसँग सुझाव मागेको बताए । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्व आफूले गरेको भन्दै उनले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“लामो समयदेखि समयमै मल आपूर्ति नहुने समस्या समाधान कसरी गर्न सकिएला ? ठूलो प्रश्न खडा भएको छ”, उनले भने, “मल अभावमा कृषियोग्य जमिन अहिले बाँझो छ, त्यसलाई पुनःखेतीयोग्य जमिनमा परिणत गर्नुपर्छ ।” उनले कृषिजन्य उत्पादनलाई बजारसँग जोड्नु आवश्यक रहेको बताए ।

मन्त्री भुसालले कृषिलाई उत्पादनमा आधारित उद्योगको निर्माण कसरी गर्ने, कृषिलाई कसरी आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरण गर्ने भन्ने विषय ज्वलन्त उठेको बताए । उनले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदको सुझाव आफूले चाहेको र प्राप्त सुझावका आधारमा मात्रै आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : ५८ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा