२४ असार २०८३, बुधबार | July 8, 2026

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । अधिकारीले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि…