७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

भेरी अस्पतालको बेथिती : अग्रीम हाँजिरी गर्नेमा डा. निर्मल शाक्य पनि, २९० जना कारवाहीको लिस्टमा



नेपालगन्ज । भेरी अस्पताल विकास समितिले अग्रीम हाजिरी गरेको भन्दै वरिष्ठ चिकित्सक डा. सुरेश कुमार नागलाई कारवाहीको सिफारिस गरेपनि अस्पतालमा अन्य चिकित्सक र कर्मचारीले पनि अग्रीम हाजिरी गर्ने गरेको खुलेको छ । अस्पतालको बेथिती बारे चर्चा चलेपछि जिल्ला प्रशासन कार्यालयले छड्के जाँच गर्दा अर्का एक वरिष्ठ चिकित्सक सहित स्टाफ नर्शहरुले पनि अग्रीम हाजिरी गरेको खुलेको हो ।

आज विहान १०ः१५ बजे प्रशासनबाट गरिएको छड्केमा २ सय ९० जना कर्मचारी समयमा ड्युटीमा उपस्थित नहुने लिष्टमा परेका छन् । अग्रीम हाजिरी गर्नेमा डाक्टर नाग सहित डाक्टर निर्मल शाक्य, चार जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहेका छन् । डा. नाग माथि समितिले एक्सन लिएपछि भने डा. शाक्यले गरेको हाजिरीमा टेप टाँसिएको छ ।

३ सय ७८ जना कर्मचारी रहेको भेरीमा २ सय ९० जना स्वास्थ्यकर्मी र कर्मचारीहरु छड्केमा परेका हुन् ।

भेरीमा व्यवस्थापन कमजोर देखिएको कोहीले अग्रिम हाजिर गरेको, कोहीले हाजिरी नै गरेका भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले अस्पताल प्रशासन कमजोर रहेको बताउँदै छड्केमा परेकाहरुलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा लेखेर पठाईने जानकारी दिए ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य रिफर सेण्टरकारुपमा रहेको भेरी अस्पतालमा राजनीतिक भागवण्डामा मेडिकल सुपरिटेन्डेन्ट नियुक्त हुन थालेपछि बेथिती शुरु भएको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल