७ आश्विन २०८३, बुधबार | September 23, 2026

भेरी अस्पतालको बेथिती : अग्रीम हाँजिरी गर्नेमा डा. निर्मल शाक्य पनि, २९० जना कारवाहीको लिस्टमा



नेपालगन्ज । भेरी अस्पताल विकास समितिले अग्रीम हाजिरी गरेको भन्दै वरिष्ठ चिकित्सक डा. सुरेश कुमार नागलाई कारवाहीको सिफारिस गरेपनि अस्पतालमा अन्य चिकित्सक र कर्मचारीले पनि अग्रीम हाजिरी गर्ने गरेको खुलेको छ । अस्पतालको बेथिती बारे चर्चा चलेपछि जिल्ला प्रशासन कार्यालयले छड्के जाँच गर्दा अर्का एक वरिष्ठ चिकित्सक सहित स्टाफ नर्शहरुले पनि अग्रीम हाजिरी गरेको खुलेको हो ।

आज विहान १०ः१५ बजे प्रशासनबाट गरिएको छड्केमा २ सय ९० जना कर्मचारी समयमा ड्युटीमा उपस्थित नहुने लिष्टमा परेका छन् । अग्रीम हाजिरी गर्नेमा डाक्टर नाग सहित डाक्टर निर्मल शाक्य, चार जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहेका छन् । डा. नाग माथि समितिले एक्सन लिएपछि भने डा. शाक्यले गरेको हाजिरीमा टेप टाँसिएको छ ।

३ सय ७८ जना कर्मचारी रहेको भेरीमा २ सय ९० जना स्वास्थ्यकर्मी र कर्मचारीहरु छड्केमा परेका हुन् ।

भेरीमा व्यवस्थापन कमजोर देखिएको कोहीले अग्रिम हाजिर गरेको, कोहीले हाजिरी नै गरेका भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले अस्पताल प्रशासन कमजोर रहेको बताउँदै छड्केमा परेकाहरुलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा लेखेर पठाईने जानकारी दिए ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य रिफर सेण्टरकारुपमा रहेको भेरी अस्पतालमा राजनीतिक भागवण्डामा मेडिकल सुपरिटेन्डेन्ट नियुक्त हुन थालेपछि बेथिती शुरु भएको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई