२५ असार २०८३, बिहिबार | July 9, 2026

राष्ट्रपतिबाट औषधि तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि तेस्रो संशोधन अध्यादेश, २०७७ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।