१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

चीन र भारतसँग जोडिएका सीमानाकामा पर्यटन सेवा केन्द्र स्थापना गर्न होटल ब्यवसायी महासंघको माग



महेन्द्रनगर । होटल ब्यवसायीहरुले चीन र भारतसँग नाका जोडिएका सबै नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापना गर्न माग गरेका छन् । कञ्चनपुको महेन्द्रनगरमा आज सम्पन्न होटल ब्यवसायी महासंघको केन्द्रीय समितिको बैठकले नेपालसँग सीमा जोडिएका चीन र भारतका नाकाहरुमा पर्यटन सेवा केन्द्र स्थापनाको माग गरेको हो ।

महासंघको चौथो बैठकले कारोना महामारीको बहानामा भारतीय मार्ग हुँदै नेपाल भित्रने पर्यटकहरुको आगमन नरोक्न सरकार समक्ष माग समेत गरेको छ । कोरोना माहामारीका कारण सबै भन्द्या बढी पर्यटन उद्योग मारमा परेको ठहर गर्दै बैठकले पर्यटन उद्योगलाई संचालन गर्न सरकारले अविलम्ब ठोस कदम चाल्न बैठकले माग गरेको महासंघका केन्दीय सचिव शंकर भण्डारीले बताए ।

सीमामा भारतिय सवारी प्रवेशमा रोक लगाएका कारण सिमावर्ति क्षेत्रका होटल व्यवसाय धारासायी भएको भन्दै सवारी आगामान सुचारु बनाउन समेत महासंघले माग गरेको छ ।

बैठकले होटल ब्यवसायी महासंघको संगठनलाई ७ वटै प्रदेशमा विस्तार गर्ने निर्णय गर्दै त्यसको खाका बनाउन वरिष्ठ उपाध्यक्ष दिनश चुकेको संयोजकत्वमा समिती बनाईएको सचिव भण्डारीले जानकारी दिए । चुकेकै संयोजकत्वमा आगामी पुस महिना भित्र महासंघको साधारणसभाको तयारी समिति गठन गरिएको भण्डारीले बताए ।

महासंघका अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा सम्पन्न बैठकको होटल ब्यवसायी महासंघ कञ्चनपुर शाखाले आतिथ्यता प्रदान गरेको थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ३५ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर