५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले सुनाए । अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ…