२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीय तहबाट स्वीकृत प्राप्त १० देखि १५ शय्यासम्मको अस्पतालले मापदण्ड विपरीत गर्ने गरेको पाइएको हो । मापदण्डअनुसार…