काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्ना परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने बताएकी छन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले यस्तो बताउकी हुन् । कतिपय समाज अहिले आफ्नो पहिचान खोजिरहेको उल्लेख गर्दै उनले आधुनिकताका नाममा मौलिकता बिर्सँदै गएकोमा चिन्ता प्रकट गरिन्…