खजुरा । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अघिल्लो कार्यकारी निर्देशक सरुवा भएर गएको दुई महिनापछि नयाँ कार्यकारी निर्देशकलाई पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीर अस्पतालमा कार्यरत ज्वलन्त पौडेललाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशक बनाएर पठाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहको दुई महिनाअघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा…