बुटवल । नेपालकै पहिलो जनै उत्पादन गर्ने उद्योग, बुटवल-४ राममन्दिर लाइनस्थित राधा धागो उद्योगले शास्त्रीय विधिपूर्वक जनैधारी ब्राह्मणबाट तयार गरिएका जनै मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । शुक्रबार उद्योगले पत्रकार सम्मेलन गर्दै बजारमा बढ्दो नक्कली तथा अशुद्ध जनैको प्रयोगबारे चेतावनी दिएको हो । उद्योगका सञ्चालक संस्कृत साहित्याचार्य बुद्धि प्रसाद शर्मा पाण्डेयका अनुसार पछिल्ला…