बुटवल । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाइरहेका छन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउने गर्दछन् । सामनइतयाः नेवार समुदायको चाडपर्व भन्नेबित्तिकै भोजभतेर, बाजागाजा, पूजाआजाको कुरा मात्र आउने गर्दछ । तर नेवारहरुले अरु चाडपर्वभन्दा सिथि नखः फरक…