१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

नेपालगन्जको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र परिवार सहित सहभागी



नेपालगन्ज । विगत २ महिनादेखि नेपालगन्जको बागेश्वरी मन्दिरमा संचालन गरिएको महाआरतीमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् । महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा सहभागी भएका हुन् । ज्ञानेन्द्र पुत्र पारस भने आरतीमा सहभागी भएनन् ।

नेपालगन्जको बागेश्वरी मन्दिरमा हरेक सोमबार महाआरती हुने गरिएकोमा आरतीको १४ औं संस्करणमा पूर्वराजाका परिवार सरिक हुन पुगेका हुन् ।

पूर्वराजाबाट नागरिक बनेका ज्ञानेन्द्रलाई महाआरतीमा बागेश्वरीका मुल महन्त चन्दननाथ योगीले राजाकै सम्मान प्रदान गरेका थिए । सर्वसाधारण भक्तजनहरुलाई दुर्व्यवहार गर्दै आएका मुल महन्तले पूर्वराजासहित परिवारलाई भने अतिविशिष्ट सम्मान दिँदै विशेष आसनमा बसालेका थिए । पूर्वराजाका परिवारलाई हेर्न ठूलो भीड लागेको थियो ।

पूर्वराजपरिवारका सदस्य बागेश्वरी मन्दिरमा केहीबेर पूजा गरेपछि महाआरतीमा सहभागी भएका थिए । पूर्वराजालाई राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणा, बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीलगायतले स्वागत गरेका थिए ।

शुक्रबार नेपालगन्ज पुगेका पूर्वराजा शाहलाई २० गते नेपालगन्जमा राप्रपाका महामन्त्री धवलसम्सेरको अगुवाईमा राजाबादीहरुले अभिनन्दन गर्ने तयारी गरेका छन् । एक महिना नेपालगञ्ज बस्ने कार्यतालिका बनाएका पूर्वराजाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दैछन् । ज्ञानेन्द्रको आइतबार जुम्ला जाने कार्यक्रम भने मौसमका कारण स्थगित भएको थियो ।

फोटो सौजन्य : भगतराम थारु

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : ५० बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल