२३ भदौ २०८३, मंगलबार | September 8, 2026

खजुरामा २ दिने खाना महोत्सव



खजुरा । बाँकेको खजुरामा २ दिने खाना महोत्सव सुरु भएको छ । स्थानीय परम्परागत परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले खजुरामा खाना महोत्सवको आयोजना गरिएको हो ।

मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा संचालन गरिएको खाना महोत्सवको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले उदघाटन गरे । उदघाटनका अवसरमा बोल्दै अध्यक्ष विकले जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने खजुरा क्षेत्रमा स्थानीय परिकारको पहिचान दिने महोत्सवको आयोजना गरेर खजुरालाई आयोजकले न्याय दिएको बताए । उनले खजुरा आफैमा ऐतिहासिक स्थान भएको चर्चा गर्दै खजुराको पहिचान यहाँको बहुसांस्कृतिक परिकार पनि भएको दाबी गरे ।

गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले खजुरामा बिभिन्न आदिबासी जनजाती , भाषा धर्म र सम्प्रदाय बस्ने गरेकाले खाना महोत्सवले स्थानीयको पहिचानमा टेवा पुग्ने विस्वास व्यक्त गरिन् ।

सांस्कृतिक पहिचानले राष्ट्रियता मजबुत हुने भएकाले देशका ७ वटै प्रदेशमा ज्ञान केन्द्रले मौलिक खानाको प्रवर्द्धनको कार्यक्रम राखेको मारेक्सवादी ज्ञान केन्द्रका केन्द्रीय उपाध्यक्ष हुमनाथ न्यौपाने सुदीपले जानकारी दिए ।

कार्यक्रममा खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकी, मनकामना युवा क्लवका अध्यक्ष माधव शर्मा लगायतले आयोजकको योजनाको प्रशंसा गरेका थिए ।

खाना महोत्सवमा थारु समुदायको ढिकरी चटनी अचार माछाका परिकार, मुस्लिम समुदायको बिर्यानी, कबाफ लगायतका परिकार, स्थानीय राबडी खोवा, नेवारी खाजा सेट, सेल रोटि, मालपुवा, थकाली खाना तथा गुरुङ मगरको रैथाने खाना उपलब्ध हुने बताइएपनि निकै कम संख्यामा परिकारहरु महोत्सवमा उपलब्ध थिए । महोत्सवको आकर्षणकारुपमा खोइले बिर्को लोकल रक्सी पनि उपलब्ध रहेको थियो ।

प्रचारमा देखाइएका परिकारको स्वाद लिन पुगेका स्थानीयले प्रचार गरिएको भन्दा आधा पनि परिकार नभेटेपछि आयोजकको आलोचना गरेका थिए । महोत्सवमा बिर्यानी, नेवारी परिकार, राबडी, मालपुवा, माछाका परिकार जस्ता स्थानीय परिकार उपलब्ध थिएनन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : १५ बजे

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी