२३ चैत्र २०८२, सोमबार | April 6, 2026

होली पर्वको विधिवत सुरुवात, हनुमानढोकामा तीनतले चीर ठड्याइयो

काठमाडौं । फागु अर्थात होली पर्वको सुरुवातको रुपमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ः४५ बजेको साइतमा रंगीचंगी ध्वजासहितको चीर ठड्याएर होली पर्वको सुरुवात गरिएको हो । मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको मानिन्छ । होलीको चीर ठड्याएपछि…