भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ टर्मिनल भवन निर्माणको तयारी अघि बढाएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दोस्रो टर्मिनल भवनको डिजाइन सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सार्वजनिक गर्दै सुझाव माग गरेका छन् ।…