पोखरा । तिहारको अवसरमा आज लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा आयोजित भाइटिका महोत्सवमा बिहीबार पर्यटकहरूलाई भाइटीका लगाए । महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । सङ्घले पोखरा र सिङ्गो…