काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र आतिथ्य संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो पक्कु फेस्टिभल–२०८३ आयोजना गर्ने भएको छ।
असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका आउटलेटहरूमा सञ्चालन हुनेछ। यसैगरी, लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा समेत प्रेसिडेन्टको पक्कु प्रस्तुत गरिने समूहले जनाएको छ।
पुस्तौँदेखि नेपाली सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएको पक्कुलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुनामाझ परिचित गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य रहेको समूहले जनाएको छ।
समूहका अनुसार नेपाली मौलिक खानाको व्यावसायिक प्रवर्द्धनले पर्यटन विकास, स्थानीय कृषि उत्पादन तथा पशुपालनको बजार विस्तार र रोजगारी सिर्जनामा योगदान पुर्याउन सक्छ।
होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गत हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। समूहले काठमाडौंको बुढानीलकण्ठ र रुपन्देहीको बुटवलमा नयाँ आउटलेट सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ।
पक्कुलाई निश्चित अवधिको उत्सवमा मात्र सीमित नराखी दीर्घकालीन ब्रान्डका रूपमा विकास गर्ने लक्ष्य रहेको समूहले जनाएको छ। नेपाली खानाको मौलिकता जोगाउँदै आधुनिक प्रस्तुति, गुणस्तरीय सेवा र व्यावसायिक मापदण्डमार्फत यसको पहिचान विस्तार गर्ने समूहको योजना छ।
















प्रतिक्रिया