काठमाडौं । चर्चित होटल व्यवसायी राधेश्याम सर्राफको मृत्यु भएको छ । नेपालमा दुई वटा पाँच तारे याक एण्ड यति र ह्यातसहित भारत र अन्य मुलुकमा समेत होटल व्यवसाय संचालन गरेका सर्राफको ९२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो । दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएका सर्राफको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।…