१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नेपालगन्ज न्युरोडको मध्यखण्ड अव भानु चोकमा परिणत, चोकमा भानुभक्तको शालिक अनावरण



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडको एक खण्डलाई भानुभक्त चोक नामाकरण गरिएको छ । चोको नामाकरण सहित न्युरोडको मध्य खण्डमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक शनिबार अनावरण समेत गरिएको छ ।

नयाँ नामाकरण गरिएको भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच आदिकवि भानभक्त आचार्यको शालिक अनावरण गरेका छन् । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बि टुका पुर्व गर्भनर सेम शाक्य, शालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख रुपैयाँको लागतमा उक्त शालिक निर्माण गरेको हो । भानुपार्कको डिजाईन इन्जिनीयर प्रदिप भण्डारीले गरेका हुन् भने भानुभक्तको मुर्ति मुर्तिकार महेश तुलाधरले निर्माण गरेका हुन् । अनावरणको अवसरमा डिजाईनर र मुर्तिकार द्वय भण्डारी र तुलाधरलाई सम्मान गरिएको थियो ।

शालिक निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी समाजसेवी स्वर्गिय दामोदर आचार्यले ब्यक्तिगत रुपमा सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जी, नेपालगन्ज २ का तत्कालिन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको आर्थिक सहयोगमा भानुभक्तको मर्तिर पार्कको निर्माण भएको क्लवका अध्यक्ष शिवप्रसाद दाहालले बताए । चोक र पार्कको शिलान्यास प्रदेश सरकारका मन्त्री सरेन्द्र हमालले गरेका थिए ।

 

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ३३ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका