खजुरा । नेपालको सामाजिक संरचना, परम्परा र संस्कृतिमा चाडपर्वहरूको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ। यिनै चाडपर्वमध्ये हिन्दू नारीहरूको जीवनसँग विशेष सम्बन्ध राख्ने पर्व हो—हरितालिका तीज। तीजलाई परम्परागत रूपले स्त्रीहरूको आत्मिक शुद्धि, धार्मिक आस्था, र पारिवारिक समर्पणसँग जोडिएको पर्व मानिँदै आएको छ। विशेषतः विवाहित महिलाहरूले आफ्नो पतिका दीर्घायुका लागि व्रत बस्ने, अविवाहित युवतीहरूले योग्य जीवनसाथी पाउने…