काठमाडौं । अभावले मानिसलाई धेरै कुरा सिकाउँछ । त्यो अभाव पैसाको होस्, सम्मानको होस् वा अवसरको यदि त्यसलाई सकारात्मक ऊर्जा र संघर्षमा बदल्न सकियो भने सफलता अवश्य प्राप्त हुन्छ । प्रदीपको जीवनयात्रा त्यही संघर्ष र सफलताको उदाहरण बनेको छ । गाउँको सरकारी विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा आज अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेको छ ।…