बुटवल । रूपन्देहीमा सम्पन्न १० औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि गल्कोट भलिबल क्लब बागलुङले चुमेको छ । शनिबार अबेर भएको फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो । गल्कोटले साग भलिबललाई २५-२०, २५-१८, २६-२४ ले पराजित गरेको हो । पाँच जना इरानी खेलाडीसहित मैदानमा उतारेको गल्कोटको प्रदर्शन…