३ असार २०८१, सोमबार | June 17, 2024

धादिङ-२ बाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् । अधिकारीले ३४ हजार ७८३ मत ल्याएकाछन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत ल्याउन सफल भइन ।