काठमाडौं । सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी निर्वाचित भएका छन् ।
चौधरीले निकतटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् । चौधरीले २४ हजार ८३८ मत ल्याएका छन् भने खड्काले १८ हजार ४०४ मत ल्याउन सके ।
यस्तै, जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत ल्याएर तेस्रो स्थानमा रहन बाध्य भए । जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत ल्याउन सफल भए ।
प्रतिक्रिया