आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग व्यापक छलफल गर्दै सुझाव संकलन गरेका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्रीहरूले अर्थतन्त्र सुधार, खर्च नियन्त्रण, निजी क्षेत्रको मनोबल वृद्धि, कृषि तथा पर्यटन प्रवर्द्धनदेखि संरचनागत सुधारसम्मका विषयमा सरकारलाई सुझाव दिएका हुन्। कार्यक्रममा अर्थमन्त्री वाग्लेले सुशासनलाई आधार बनाएर आम नागरिकको जीवनस्तर…