८ कार्तिक २०८३, आइतबार | October 25, 2026

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो



काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट रु ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै रु ११ अर्ब ३० करोड मात्र भित्रिएको छ । यो स्वीकृत लगानीको १४ प्रतिशत हो ।

सार्वजनिक प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ । आव २०७९/८० मा स्वीकृत रु ३२ अर्ब ४८ करोडको प्रस्तावमध्ये रु नौ अर्ब २० करोड प्राप्त भएको छ । जुन समग्रमा २८ प्रतिशत हो ।

त्यस्तै आव २०८०/८१ मा स्वीकृत भएको लगानीको जम्मा १३ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ । सो आवमा रु ८१ अर्ब ६९ करोडको लगानी स्वीकृत भएकामा रु १० अर्ब २९ करोड मात्रै प्राप्त भएको थियो । यो तथ्याङ्कले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको विवरण फराकिलो हुँदै गएको देखाउँछ ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ४ : २७ बजे

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको