काठमाडौं । डिफेन्डिङ च्याम्पियन एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पुर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन। उनले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन। सन २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो।…