काठमाडौँ । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् । शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।…