काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्नेभएको छ । मुलपानी क्रिकेट स्टेडियममा हुन लागेको खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको हो । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी फर्किएका छन् । सन्दीप जोराको स्थानमा ऐरी आएका हुन् । ऐरी घाइते भएका कारण यसअघिका खेल गुमाएका थिए…