काठमाडौं । नेपालले भारतविरुद्ध बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमबीचको मैत्रीपूर्ण खेलमा टाइब्रेकरमार्फत ३-० ले विजय हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि परिणाम टाइब्रेकरबाट निर्धारण गरिएको हो । नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर नायक बनिन् । उनले भारतका दुई प्रहार रोकिन् भने अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट…