बुटवल । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्देश्यका साथ रुपन्देहीमा स्वर्गीय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल क्लबको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा आयोजक खस्यौली रेडले आर्दश एफसीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । खस्यौलीका सुजल पौडेल, कमल…