२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

सुनगाभा सैनामैना गोल्डकप : आज फर्साटिकर र कपिलवस्तु-११ भिड्दै



सैनामैना । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा आज शनिबार फर्साटिकर युथ फुटबल क्लब र कपिलवस्तु-११ भिड्दै छन् । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने खेलसँगै सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टिमको टुङ्गो लाग्नेछ ।

शुक्रबार सम्पन्न खेलमा जित दर्ता गर्दै आयोजक मुर्गिया फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भारत सिक्कीमको डोङग्री फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक मुर्गिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०र४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ५८ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न